वार्षिक विकास कार्यक्रमको एकीकृत पुस्तक मुख्यमन्त्री शाहलाई हस्तान्तरण’ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

वार्षिक विकास कार्यक्रमको एकीकृत पुस्तक मुख्यमन्त्री शाहलाई हस्तान्तरण’

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-१
  • सुन्नुहोस् 
231   
वार्षिक विकास कार्यक्रमको एकीकृत पुस्तक मुख्यमन्त्री शाहलाई हस्तान्तरण’ : Phulbari Khabar

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार प्रदेश नीति तथा योजना आयोगले प्रकाशन गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक विकास कार्यक्रम अन्तर्गत जिल्लागत कार्यक्रमको एकीकृत पुस्तक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेको छ।

Phulbari Khabar

सोमबार प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन राना सहितको टोलिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मुख्यमन्त्री शाहलाइ हस्तान्तरण गरेको हो । एकीकृत पुस्तक हस्तान्तरणमा मुख्यमन्त्री शाहले पुस्तकले प्रदेश सरकार र नागरिकबीच विकासको सेतुका रूपमा कार्य गर्नेमा विश्वास लिनुभयो। उनले भने, यसले सुशासन प्रवर्द्धन गर्दै सरकारको विकास रणनीति र लक्ष्य प्राप्तिमा सहयोग पुऱ्याउने मात्र होइन, नागरिकलाई बजेट र कार्यक्रमबारे जानकारी दिलाई सरकारप्रति विश्वास र उत्तरदायित्वलाई अझ सबल बनाउनेछ ।

प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले प्रत्येक वर्ष बजेट प्रदेश सभाबाट पारित भएपछि वार्षिक विकास कार्यक्रम प्रकाशन गर्ने परम्परा रही आएको छ। यस वर्षदेखि प्रदेश नीति तथा योजना आयोगले ९ वटै जिल्लाका जिल्ला समन्वय समिति र ८८ वटै स्थानीय तहका निकायगत तथा जिल्लागत कार्यक्रम, नीति तथा कार्यक्रम, आर्थिक विनियोजन विधेयक, कार्यकम र बजेटलाई समेटेर संक्षिप्त पुस्तक प्रकाशन गरेको हो ।

Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च