सुर्नया गाउँपालिकामा ३९ दिनपछि खुल्यो ताला - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सुर्नया गाउँपालिकामा ३९ दिनपछि खुल्यो ताला

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-१
  • सुन्नुहोस् 
723   
सुर्नया गाउँपालिकामा ३९ दिनपछि खुल्यो ताला : Phulbari Khabar

बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको कार्यालयमा लगाइएको ताला ३९ दिनपछि खोलिएको छ ।

Phulbari Khabar

गत असोज २४ गते ११ बुँदे माग राख्दै र पहिले माग गरिएका सूचना नदिएको भन्दै जेन–जी र जेन–वाई समूहका युवाहरुले तालाबन्दी गरेका थिए ।

कार्यपालिका बैठकले युवाहरुले उठाएका मागहरू सम्बोधन गरेपछि ३९ दिनपछि गाउँपालिकामा लगाएको ताला आज (सोमबार) खोलिएको हो । जनप्रतिनिधि र तालाबन्दी गर्ने समूहबीच ताला खोल्ने विषयमा पटकपटक छलफल भएपनि निष्कर्षमा नपुग्दा अहिलेसम्म ताला खोलिएको थिएन ।

Phulbari Khabar

जेन–जी र जेन–वाई समूहले महालेखा परीक्षकको प्रतिवेदनमा देखिएको बेरुजु असुल गरी तत्काल सार्वजनिक गरिनुपर्ने, वातावरण अतिक्रमण रोक्न तत्काल अनुसन्धान र परीक्षण प्रक्रिया सञ्चालन गर्नुपर्ने, मदिरा बिक्री वितरण ऐन अनुसार कार्यान्वयन गर्नुपर्ने, वडास्तरमा समाजिक परीक्षण तुरुन्त सञ्चालन गर्नुपर्ने, जेन–जी आन्दोलनमा बैतडीबाट सहिद भएका युवाका परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, २०७४ सालदेखि अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहबाट विनियोजन भएका विषयगत कार्यक्रमको खर्च विवरण सार्वजनिक गरी स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने युवाको क्षत्रमा बजेट विनियोजन गरी तत्काल गाउँपालिकास्तरीय युवापरिषद् गठन गर्नुपर्ने जस्ता मागहरु अघि सारेका थिए ।

आइतबार बसेको कर्यालपालिका बैठकले जेन–जी र जेन–वाई समूहले माग गरिएको सूचना ताला खोलेको तीन दिनभित्र उपलब्ध गराउनुका साथै आफूहरुले उठाएका ११ बुँदे मागमा सहमति जनाएपछि ताला खोलिएको जेन–जी र जेन–वाई समूहका अगुवा विशाल भट्टले बताए ।

पालिकामा आफूले कहीँकतै गल्ती गरेको र अनियमितता भएको भए कानुनी प्रक्रिया अनुसार अगाडि बढ्नुपर्ने र यसरी सेवाग्राहीलाई समस्या हुने गरी गाउँपालिकाको बदनाम हुने कार्य नगरिदिन गाउँपालिका अध्यक्ष अमर कुँवरले आग्रहसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च