बैतडीमा ओठ–तालु फाटेका विरामीका लागि निःशुल्क प्लास्टिक शल्यक्रिया शिविर - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

बैतडीमा ओठ–तालु फाटेका विरामीका लागि निःशुल्क प्लास्टिक शल्यक्रिया शिविर

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-७-३०
  • सुन्नुहोस् 
180   
बैतडीमा ओठ–तालु फाटेका विरामीका लागि निःशुल्क प्लास्टिक शल्यक्रिया शिविर : Phulbari Khabar

बैतडी । बैतडीका विभिन्न स्थानमा ओठ–तालु फाटेका विरामीका लागि निःशुल्क प्लास्टिक शल्यक्रिया शिविर संचालन हुने भएको छ ।

Phulbari Khabar

बि.एण्ड बि. अस्पतालको आयोजनामा, स्वास्थ्य कार्यालय बैतडीको समन्वय तथा जिल्ला अपाङ्ग संघ बैतडीको स्थानीय आयोजनामा ओठ तथा तालु जन्मेदेखि फाटेका तथा पहिला अपरेशन भइसकेका तर अझै सुधार आवश्यक भएका विरामीहरूका लागि निःशुल्क प्लास्टिक शल्यक्रिया सेवा प्रदान गरिने बि.एण्ड बि. अस्पताल प्लास्टिक ओरल एण्ड क्रीनेओ मेक्जीलोफेसियल सर्जरी प्रा लि ग्वार्को ललितपुरले जनाएको छ ।

यस शिविरमार्फत ओठ, नाक, नमिलेको समस्या तथा गिजा–तालुमा प्वाल भएका बिरामीले निःशुल्क शल्यक्रिया सेवा पाउने निःशुल्क शिविर कार्यक्रमका संयोजक शंकर बि क ले बताए ।

Phulbari Khabar

यस सन्दर्भमा आयोजक संस्था तथा स्थानीय निकायले चार वटा स्थानमा शिविर सञ्चालन हुने जानकारी दिएका छन्। उक्त शिविर यहि मंसिर ७ गते, आइतबार जिल्ला अस्पताल, बैतडीमा संचालन हुने छ भने - यहि मंसिर ८ गते, सोमबार मेलौली नगरपालिका अन्तर्गत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने बताइएको छ ।

यस्तै यहि मंसिर ९ गते, मंगलबार पाटन नगरपालिका अन्तर्गत सिद्धेश्वर स्वास्थ्य चौकीमा शिविर संचालन हुने छ भने - यहि मंसिर १० गते, बुधबार पुर्चौडी नगरपालिका अन्तर्गत हाट स्वास्थ्य चौकीमा शिविर संचालन हुने संयोजक बि क ले बताए ।

शिविरको समन्वय स्वास्थ्य कार्यालय बैतडी तथा स्थानीय रुपमा जिल्ला अपाङ्ग संघ बैतडीले गर्नेछन्। शल्यक्रिया तथा विशेषज्ञ सेवा बि.एण्ड बि. अस्पताल प्लास्टिक ओरल एण्ड क्रीनेओ मेक्जीलोफेसियल सर्जरी प्रा लि ग्वार्को ललितपुरका विशेषज्ञहरूद्वारा प्रदान गरिनेछ।

आयोजकले दिएको जानकारी अनुसार, शिविरमा छनोट भएका विरामीलाई शल्यक्रियाका लागि सोही दिन बि.एण्ड बि. अस्पताल लिइने छ । बिरामी तथा एक जना कुरुवालाई अस्पतालसम्म आउने–जाने यातायात, खाना तथा बसोबासको व्यवस्था निःशुल्क रूपमा गरिनेछ।यस निःशुल्क सेवाले आर्थिक तथा भौगोलिक कारणले उपचारबाट वञ्चित रहेका धेरै ओठ–तालु फाटेका बालबालिका तथा वयस्कलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च