कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा पुनः शाही - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा पुनः शाही

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-७-२९
  • सुन्नुहोस् 
270   
कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा पुनः शाही : Phulbari Khabar

धनगढी। कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा फेरि पनि कुबेरबहादुर शाही चयन भएका छन्। संघको १३औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले शाहीलाई निरन्तर नेतृत्व प्रदान गरेको हो।

Phulbari Khabar

आज शनिबार धनगढीमा अधिवेशन सम्पन्न भएको हो। यसअघि पनि अध्यक्षमा शाही निर्वाचित भएका थिए। शाहीले हार्डवेयर व्यवसायलाई व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउन संघले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन्।

यस्तै संघको बरिष्ठ उपाध्यक्षमा राजेन्द्र चन्द, उपाध्यक्षमा बलबहादुर खड्का र जयप्रकाश चौधरी चयन भएका छन्। महासचिवमा धर्मराज जोशी, सचिवमा गणेश जोशी र कोषाध्यक्षमा सर्वण चौधरी निर्वाचित भएका छन्।

Phulbari Khabar

सदस्यतर्फ प्रन्जल गुप्ता, सुरेन्द्र प्रसाद जोशी, चक्र सोडारी, डम्बर प्रसाद जैसी, यज्ञराज जोशी, शङ्कर साउद, जय कुँवर र बिरेन्द्र बोगटी चयन भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च