एनपीएलको तयारी अन्तिम चरणमा, खेल राति पनि हुने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

एनपीएलको तयारी अन्तिम चरणमा, खेल राति पनि हुने

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-७-२९
  • सुन्नुहोस् 
234   
एनपीएलको तयारी अन्तिम चरणमा, खेल राति पनि हुने : Phulbari Khabar

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको छ ।

Phulbari Khabar

नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए ।

Phulbari Khabar

एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएको सचिव खड्काले जानकारी दिए । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो ।

उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो ।

पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलमा १५ करोड ३० करोड प्रायोजकबाट आउने अपेक्षा रहेको बताए ।

टिम ओनरबाट ९ करोड प्राप्त हुनेछ । यसपटक डिजिटल प्लाटफर्ट ओटीटी ल्याएका छौं’, उनले थप आयव्ययबारे जानकारी दिँदै भने, ‘डिसहोमको डिसहोम गोबाट ५ करोड ३० लाखमा बिड भएको छ ।

संसारभरबाट उठ्ने पैसामा त्यो रकम घटाएर ७१ प्रतिशत क्यानको र २९ डिस होम रहेनेछ ।’

आज नै लिनर टिभी फाइनल भएको छ । त्यसको न्युनतम रकम एक करोड रहेको छ । त्यो भन्दा बढी आउने अपेक्षा राखिएको कोषाध्यक्ष खड्काले बताए । यस्तै, ८ देखि १२ करोड टिकटबाट संकलन हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च