काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी त्यागेका छन्। उनले पार्टी सदस्यबाट राजीनामा दिएर नयाँ अभियान सुरु गर्न लागेको बताएका छन्।
परियारले आफ्नो राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन्। हालै पार्टीभित्र नेतृत्व परिवर्तनबारे चलिरहेको बहसमा परियार सक्रिय थिए, साथै चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग पनि गरेका थिए।
यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन् । रास्वपा छोडेको जानकारी दिँदै श्रेष्ठले भनेकी थिइन्, ‘अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’










तपाइको प्रतिक्रिया दिनुहोस्