प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-७-२८
  • सुन्नुहोस् 
183   
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान : Phulbari Khabar

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले शुक्रबार दुवै चुनावका लागि फरक फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो। 

Phulbari Khabar

मंसिर १ देखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि र मंसिर १ देखि ७ गतेसम्म राष्ट्रिय सभाका लागि दल दर्ता गर्न आह्वान गरेको हो। आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची-१२ बमोजिम ढाँचामा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिन सूचित गराएको हो।

दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम,स्थापना भएको मिति,आयोगमा दर्ता भएको मिति,केन्द्रीय कार्यालय रहेको ठेगाना ,पत्राचार गर्ने ठेगाना,टेलिफोन नम्बर,इमेल र वेबसाइटको विवरण खुलाउनुपर्नेछ।

Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च