सुर्नया गाउँपालिकाको तालाबन्दी माग सम्बोधन भएपछि खोलिने – जेनजी समूह - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सुर्नया गाउँपालिकाको तालाबन्दी माग सम्बोधन भएपछि खोलिने – जेनजी समूह

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-७-२७
  • सुन्नुहोस् 
558   
सुर्नया गाउँपालिकाको तालाबन्दी माग सम्बोधन भएपछि खोलिने – जेनजी समूह : Phulbari Khabar

बैतडी। बैतडीको सुर्नया गाउँपालिकामा जारी तालाबन्दी माग सम्बोधन भएपछि खोलिने भएको छ। सुर्नया–२ सतबाँझमा बिहीबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहका अगुवा विशाल भट्टले गाउँपालिकाले ११ बुँदे माग सम्बोधन गर्ने ग्यारेन्टी गरेपछि मात्र तालाबन्दी खोल्ने बताए।

Phulbari Khabar

भट्टका अनुसार गाउँकार्यपालिका एकमत नहुँदा लामो समयदेखि तालाबन्दी जारी रहँदै आएको छ। माग तत्काल पूरा गर्न नसकिए पनि त्यसका लागि स्पष्ट प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो।

त्यस्तै, जेनवाइ समूहका अगुवा देवबहादुर चन्दले तालाबन्दी खोल्ने विषयमा चार पटक वार्ता भए पनि कार्यपालिका एकमत नहुँदा समस्या समाधान हुन नसकेको बताए। उनले भने, “गाउँपालिका सरकारले जिम्मेवारीका साथ पहल नगरेका कारण तालाबन्दी लम्बिएको हो।”

Phulbari Khabar

गाउँपालिमा सुशासन कायम गर्न, भ्रष्टचार अन्त्य गर्न र आम नागरिकको पहुँच पुर्याउन आफूहरुको संघर्ष रहेकाले भ्रममा नपर्न जनेजी अगुवा भट्टले आग्रह गरे । 

दरबन्दी विहिन कर्मचारीहरुको व्यवस्थापन गर्नुपर्ने, असुल उपर गर्नुपर्ने बेरुजु असुल गर्नुपर्ने, स्थानीय युवा परिषद गठन गर्नुपर्ने, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई गर्नुपर्ने, मदिरा विक्रि वितरण नियमन गर्नुपर्ने, जेनजी शहीद परिवारलाई सहयोग गर्नुपर्ने, पालिकास्तरीय खेलमैदान निर्माण गर्नुपर्ने लगायतका आफूहरुका माग रहेका भट्टले बताए । 

जेनजी तथा जेनवाई समूह सुर्नया वार्ता र सम्वादका माध्यमबाटै समस्या समाधान गर्न तयार रहेको बताउँदै भट्टले जबरजस्ती ताला खोले परिस्थिती अर्कै हुने चेतावनी दिए । उनले भने, ‘हामीले गाउँपालिकामा सुधारका माग राखेका छौं । हाम्रा माग सही छन् भनेर जनप्रतिनिधिहरुले भनेका छन् । तर माग सम्बोधनका बिषयमा निर्णय गर्न सकेका छैनन् । त्यसैले सरकारकै कारण तालाबन्दी लम्बिएको छ । हाम्रा माग पूरा नगरी ताला खोले परिस्थिती अर्कै हुन्छ ।’

अहिले सम्मका वार्तामा स्थानीय सरकार जिम्मेवार भएर प्रस्तुत नहुँदा समस्या भएको जेनजी समूहका हरिश कुँवरले बताए । आफूहरु समस्याको शान्तिपूर्ण निकासको पक्षमा रहेको बताउँदै उनले सरकारले जिम्मेवार भएर आउनुपर्नेमा उनले जोड दिए । 

करार कर्मचारी हटाउने बिषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै भट्टले आफूहरुले व्यक्तिगत रुपमा कसैलाई हटाउन नभनेको दाबी गरे । तर संघीय परिपत्र र प्रचलित ऐन कानुन विपरीत कर्मचारी राखेको भए पालिका आँफैले हटाउनुपर्नेमा उनले जोड दिए । 

सुर्नया गाउँपालिकामा जेनजी समूहका तर्फबाट गएको असोज २४ गते तालाबन्दी गरिएकोमा अहिले सम्म तालाबन्दी जारी रहेको छ । गाउँपालिकाले आफूहरुले माग गरेका सूचना उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेको समूहले ११ बुँदे माग अघि सारेको छ । 

गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा सेवाग्राही भने मारमा परेका छन् । गाउँपालिकामा तालाबन्दी हुँदा पालिकाले प्रदान गर्ने सबै सेवा ठप्प भएका छन् । 

गाउँपालिकाले जेनजी युवा समूहले उठाएका अधिकांश माग सम्बोधन गर्ने भन्दै सहमतिको ड्राफ्ट बनाएको भएपनि कार्यपालिकामै विवाद हुँदा समस्या भएको बताइएको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च