समाचार
सेती प्रादेशिक अस्पताल जलमग्न,बिरामीलाई सास्ती
धनगढी ८ असोज/ कैलालीको सेती प्रादेशिक अस्पताल जलमग्न भएको छ ।गएराति परेको अविरल वर्षाका कारण अस्पतालमा बिरामी भर्ना गरिएका कक्षहरूमा पानी भरिएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट अस्पताल आएकी मञ्जु भण्डारी विष्टले अस्पताल जलमग्न हुँदा बिरामीलाई समस्या परेको जानकारी दिइन् । अस्पतालका प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा पानी भरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्