अचेत अवस्थामा फेला परेका नरेश सुनारको माया मेट्रो अस्पतालमा निःशुल्क उपचार - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

अचेत अवस्थामा फेला परेका नरेश सुनारको माया मेट्रो अस्पतालमा निःशुल्क उपचार

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-७-१८
  • सुन्नुहोस् 
255   
अचेत अवस्थामा फेला परेका नरेश सुनारको माया मेट्रो अस्पतालमा निःशुल्क उपचार : Phulbari Khabar

धनगढी । बाटोमा अचेत अवस्थामा फेला परेका कञ्चनपुरका नरेश सुनारको धनगढीस्थित माया मेट्रो अस्पतालले निःशुल्क उपचार गरेको छ।

Phulbari Khabar

शनिवार साँझ कृष्णपुर नगरपालिका–२, वाणीमा अचेत भेटिएका सुनारलाई प्रारम्भिक उपचारपछि माया मेट्रो अस्पताल, धनगढी लगिएको थियो। अस्पतालका पिआर म्यानेजर जगत महतका अनुसार, उनलाई तीन दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको हो।

परिवारसँग सम्पर्क नहुने र आर्थिक अवस्था कमजोर रहेको कारण अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पूर्ण उपचार निःशुल्क गरेको महतले बताए। उपचारपछि स्वास्थ्यमा सुधार आएपछि सोमबार सुनारलाई अस्पतालले डिस्चार्ज गरी अस्थायी ट्राफिक प्रहरी कार्यालय, चटकपुरको जिम्मामा बुझाइएको छ।

Phulbari Khabar

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च