धनगढीकाे सर्वाेदयमा तालाबन्दी , प्रधानाध्यापक अवस्थीले दिए राजीनामा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढीकाे सर्वाेदयमा तालाबन्दी , प्रधानाध्यापक अवस्थीले दिए राजीनामा

  • Phulbari Khabar Logo
    यज्ञराज अवस्थी
  • Logo
    २०८२-७-१७
  • सुन्नुहोस् 
3.85K   
धनगढीकाे सर्वाेदयमा तालाबन्दी , प्रधानाध्यापक अवस्थीले दिए राजीनामा : Phulbari Khabar

धनगढी । शिक्षकको सरुवा रोक्नुपर्छ भन्दै कैलालीको धनगढी १४ स्थित सर्वोदय माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ। विद्यालयमा कार्यरत शिक्षक जीतबहादुर चौधरी धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा सरुवा भएपछि सरुवा रोक्नुपर्ने माग गर्दै विद्यार्थीहरूले तालाबन्दी गरेका हुन्। 

Phulbari Khabar

विद्यालयको शैक्षिक सुधारमा महत्त्वपूर्ण योगदान दिएको भन्दै पूर्व विद्यार्थी मञ्चले समेत आजै तालाबन्दी गरेको बताइएको छ।

शिक्षक चौधरीलाई सरुवा हुन बाट रोक्न माग गर्दै विद्यार्थीहरूले तालाबन्दी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीले फूलबारी खबरलाई जानकारी दिए । विद्यार्थी र पूर्व विद्यार्थी मञ्चको मागलाई लिएर आफूहरूले धनगढी उपमहानगरपालिकाको शिक्षा महाशाखामा जानकारी गराउने समेत अध्यक्ष चौधरीले बताएका छन्।

Phulbari Khabar

यस्तै विद्यालयका प्रधानाध्यापक धर्मानन्द अवस्थीले समेत आजै राजिनामा दिएका कारण विद्यालयमा अन्यौलता उत्पन्न भएको अध्यक्ष चाैधरीकाे भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च