धनगढी । धनगढी उपमहानगरपालिका वडा न.७ कि प्रेरणा जोशीको नोभा अस्पातलको लापवाहीले मृत्यु भएको परिवारले आरोप लगाएका छन् ।चार दिन अगाडी एसइइको रिजल्ट आए पछि उनले मुसाको दवाइ खाएको उनका आफ्न्त तिलक मौनीले बताए । उनले भने प्रेरणाले आफ्नो बुवालाई मुसाको दवाइ खाएको जानकारी गराउना साथ उनका बुवाले सेती प्रादेशिक अस्पताल लिएर आएको बताए ।
सेती अस्पतालमा उपचार गराउने क्रममा आइसियुमा राखेर उपचार गर्नु पर्ने अवस्था आयो अस्पतालले नोभाका लागि रिफर गरेको उनले बताए । हिजो सम्म नोभा अस्पताल परिसरमा हिडडुल गरेकी जोशीलाई राती करिव ३ बजे तिर अचानक अस्पताल प्रशासनवाट तपाईको मान्छे सिरियस छ तपाइहरुले हेलिकप्टर मगाउनुस् कि दिल्ली लैजानुस् भन्दै जोशीको बुवालाई भनेको उनले बताए ।
नोभा अस्पतालको सय प्रतिशत लापवाही छ, किन भने विशेषयज्ञ डाक्टरले नहेर्ने गरेको उनले बताए । बेशिक लेवलको डाक्टरले यस अस्पतालमा हेर्ने गरेको उनले आरोप लगाए । उनले भने जव सम्म पिडितले न्याय पाउदैन तव सम्म लास नबुझ्ने उनले बताए । अहिले जोशीको शव सेति प्रादेशक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ भने अस्पताल परिसरमा प्रहरीको बाक्लो अपस्तिथि रहेको छ ।










तपाइको प्रतिक्रिया दिनुहोस्