बालेनले हर्कलाई भने– तिमीलाई माया गर्न छाड्दिनँ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

बालेनले हर्कलाई भने– तिमीलाई माया गर्न छाड्दिनँ

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-५-३१
  • सुन्नुहोस् 
351   
बालेनले हर्कलाई भने– तिमीलाई माया गर्न छाड्दिनँ : Phulbari Khabar

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफूले सधैँ माया गरिरहने बताएका छन् ।

Phulbari Khabar

पछिल्लो समय साम्पाङले दिएको आफूलक्षित अभिव्यक्तिको प्रतिउत्तर दिँदै बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’

आफूलाई प्रधानमन्त्री नबनाएको भनेर धरानका मेयर साम्पाङले बालेनलक्षित विभिन्न टिप्पणी गर्दै आएका छन् । जसप्रति बालेनले पनि मंगलबार फेसबुकमार्फत नै साम्पाङलाई जवाफ दिएका हुन् ।

Phulbari Khabar

उनले अङ्ग्रेजीमा समेत लेखेका छन्, ‘यू आर माइ ट्रु लभ ।’

बालेनको हाँस्यरस मिसिएको यस स्टाटस तत्कालै भाइरल भइरहेको छ ।

जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै धरानबाट जम्बो टोली बोकेर हर्क साम्पाङ जङ्गी अड्डा पुगेका थिए । तर उनको जनमत पुगेन । त्यसयता हर्क साम्पाङले सामाजिक सञ्जालमा निराशा पोखिरहेका छन् ।



तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च