सामाजिक सञ्जाल बन्द : सरकारको निर्णयले समाधान ल्याउँछ कि संकट ? - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सामाजिक सञ्जाल बन्द : सरकारको निर्णयले समाधान ल्याउँछ कि संकट ?

  • Phulbari Khabar Logo
    यज्ञराज अवस्थी
  • Logo
    २०८२-५-१९
  • सुन्नुहोस् 
861   
सामाजिक सञ्जाल बन्द : सरकारको निर्णयले समाधान ल्याउँछ कि संकट ? : Phulbari Khabar

यज्ञराज अवस्थी,नेपाल सरकारले फेसबुक, युट्युब, लगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको घोषणा गरेको छ। सरकारको दाबी अनुसार यसले गलत सूचना नियन्त्रण, अश्लील सामग्री हटाउने, साइबर अपराध कम गर्ने र सामाजिक मूल्य–मान्यता जोगाउने काम गर्नेछ। सतही रूपमा यो कदम जिम्मेवारीपूर्ण देखिए पनि यसको गहिरो असर भने प्रश्नाकुल छ।

Phulbari Khabar

आज लाखौं नेपाली नागरिक अध्ययन–शिक्षा, व्यवसाय, पत्रकारिता र रोजगारीका लागि सामाजिक सञ्जालमा निर्भर छन्। अनलाइन व्यवसाय गर्ने, सामग्री सिर्जना (content creation) मार्फत आम्दानी गर्ने युवापुस्तालाई प्रतिबन्धले प्रत्यक्ष धक्का पुर्‍याउँछ। अभिव्यक्ति स्वतन्त्रता र डिजिटल अधिकारसमेत कमजोर पारिने खतरा उत्तिकै छ।सामाजिक सञ्जालका कारण गलत सूचना, फेक एकाउन्ट, अफवाह र मानसिक स्वास्थ्यमा पर्ने असर वास्तविक समस्या हुन्। तर, यसका समाधानका लागि पूर्ण प्रतिबन्ध नै बाटो हो त ? लोकतन्त्रमा ढोका बन्द गर्ने संस्कृति भन्दा सचेत, जिम्मेवार र नियमनसहित प्रयोग गर्ने संस्कृति निर्माण गर्नुपर्छ।

सरकारले यो निर्णयलाई दीर्घकालीन समाधान भन्न सकिँदैन। यसको सट्टा साइबर कानून बलियो बनाउने, कम्पनीहरूसँग प्रत्यक्ष सहकार्य गरी हानिकारक सामग्री हटाउने, र विद्यालयदेखि नै डिजिटल शिक्षा सुरु गर्ने उपाय बढी प्रभावकारी हुन्छन्।

Phulbari Khabar

अन्ततः, बन्द गर्ने निर्णयले केही समय समस्या कम गरे पनि दीर्घकालमा नयाँ संकट, असन्तुष्टि र अविश्वास मात्र बढाउने सम्भावना छ। सरकारलाई आवश्यक छ—ढोका बन्द गर्ने होइन, ढोका खुला राखेर भित्रको अव्यवस्था नियन्त्रण गर्ने नीति अवलम्बन गर्नु उचित हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च