धनगढी । कैलालीको धनगढीस्थित सारथि अस्पताल प्रा.लि.ले गोदावरी होटल व्यवसायी संघ र बाह्रदेउ ज्यावन समाजसँग विशेष सम्झौता गरी सदस्य तथा तिनका परिवारलाई सुपथ मूल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।
सम्झौताअनुसार होटल व्यवसायी संघका साथै ज्यावन समाजका सदस्य र परिवारजनले अस्पतालमा उपचारका क्रममा विभिन्न सेवा–सुविधामा छुट पाउनेछन्। अस्पतालले उपलब्ध गराउने सुविधा अन्तर्गत ओपीडी, ल्याब टेस्ट, एक्सरे, ईसीजी, टीएमटी, जनरल वार्ड, सर्जरी, स्क्यानिङ, आइसियु, औषधि लगायतका सेवामा १० देखि ५० प्रतिशतसम्म छुटका साथै शवयात्रा (डेड बडी शिफ्टिङ) सेवा निःशुल्क गरिने उल्लेख छ।
सम्झौतामा सारथि अस्पतालका प्रबन्ध निर्देशक बेदप्रकाश जोशी र संघ–समाजका अध्यक्ष लक्ष्मणबहादुर धामीले हस्ताक्षर गरेका छन्। दुवै संस्थाले यस सम्झौताले सदस्य र परिवारजनलाई स्वास्थ्य उपचारमा सहजता पुर्याउने विश्वास व्यक्त गरेका छन ।










तपाइको प्रतिक्रिया दिनुहोस्