नेतृत्व बिना सेती प्रादेशिक अस्पताल, निर्णय प्रक्रिया रोकावटमा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

नेतृत्व बिना सेती प्रादेशिक अस्पताल, निर्णय प्रक्रिया रोकावटमा

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-५-११
  • सुन्नुहोस् 
423   
नेतृत्व बिना सेती प्रादेशिक अस्पताल, निर्णय प्रक्रिया रोकावटमा : Phulbari Khabar

धनगढी। सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्था सेती प्रादेशिक अस्पताल हाल नेतृत्वविहीन अवस्थामा रहेकाले अस्पतालका नीतिगत निर्णय प्रभावित भएका छन्।

Phulbari Khabar

अस्पताल विकास समिति अध्यक्ष निर्मल शाहको कार्यकाल गत चैत ७ गते समाप्त भए पनि अहिलेसम्म नयाँ अध्यक्ष नियुक्त नभएकाले निर्णय प्रक्रियामा अवरोध भएको हो।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काका अनुसार विकास समिति नहुँदा सेती प्रादेशिक अस्पतालबाट नीतिगत समस्या आएको भन्दै मौखिक जानकारी पटक–पटक आएको छ। उनले नौ वटै जिल्ला अस्पतालका विकास समितिमा पदाधिकारी नियुक्त गर्ने प्रक्रिया केही दिनमै पूरा हुने पनि बताए।

Phulbari Khabar

अस्पताल नेतृत्वविहीन बनेपछि प्रशासनिक सेवा भने सञ्चालनमा रहे पनि नीतिगत निर्णय तथा नयाँ योजना निर्माणमा असर परेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिनुभयो। उनका अनुसार समिति नहुँदा समस्या समाधान र समन्वयात्मक भूमिका निर्वाहमा कठिनाइ भएको छ।

अध्यक्ष नहुँदा नियमित बैठक, कर्मचारी भत्ता वितरण, करार कर्मचारीको म्याद थपजस्ता विषयमा अन्योलता देखिएको छ। सुदूरपश्चिमका नौ जिल्लामा रहेका अस्पताल चार महिनादेखि नेतृत्वविहीन हुँदा नीतिगत काम प्रभावित भएका छन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले विकास समिति अभावमा अस्पतालको भौतिक, आन्तरिक र बाह्य व्यवस्थापन व्यवस्थित गर्न कठिनाइ भएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च