सुर्नयामा सुरु भयो परम्परागत देउडा प्रतियोगिता - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सुर्नयामा सुरु भयो परम्परागत देउडा प्रतियोगिता

  • Phulbari Khabar Logo
    यज्ञराज अवस्थी
  • Logo
    २०८२-५-८
  • सुन्नुहोस् 
603   
सुर्नयामा सुरु भयो परम्परागत देउडा प्रतियोगिता : Phulbari Khabar

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ५ रौलेश्वर मावि रामकी बरायलमा आजदेखि देउडा प्रतियोगिता सुरु भएको छ।

Phulbari Khabar

लालीगुराँश उद्यमशील महिला सञ्जालको आयोजनामा र सुर्नया गाउँपालिकाको सहयोगमा हरितालिका तीजको अवसर पारेर प्रतियोगिता सुरु गरिएको हो। दुई दिनसम्म चल्ने प्रतियोगितामा महिला देउडीयाहरुको विशेष सहभागिता रहेको आयोजकले जनाएका छन्।

स्थानीय कला, संस्कृति संरक्षण र गाउँमै रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले बताइन्।

Phulbari Khabar

प्रतियोगितामा सहभागी भएका उत्कृष्ट देउडीयाहरुलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको छ । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजारसहित सम्मान पत्र, दोश्रो हुनेलाई नगद ८ हजारसहित सम्मान पत्र र तेश्रो हुनेलाई नगद ५ हजारसहित सम्मान पत्र प्रदान गरिने उपाध्यक्ष बोहराले बताइन् । 

सुर्नया गाउँकार्यपालिका सदस्य पार्वती मडैको अध्यक्षतामा भएको देउडा प्रतियोगिता उद्दघाटन सत्रमा गाउँपालिका उपाध्यक्ष बोहरा प्रमुख अतिथी रहेकी थिइन् । उद्दघाटन सत्रमा गाउँपालिका प्रवक्ता एवं वडा नं ४ का वडा अध्यक्ष प्रतापसिंह महरा, वडा नं ३ का वडा अध्यक्ष शम्भुप्रसाद भट्ट लगायतका जनप्रतिनिधि लगायत स्थानीयहरुको सहभागिता थियो । 

यस्तै सुर्नया गाउँपालिका–६ स्थित सिगास मावि मुसेमा पनि तीजको अवसरमा देउडा कार्यक्रम सञ्चालन भएको छ । 

सिगास उद्यमी महिला समूहको आयोजना, सुर्नया गाउँपालिका र वडा नं ६ को सहयोगमा हरितालिका तीजको अवसरमा कार्यक्रम सञ्चालन गरिएको हो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय महिलाहरुको सहभागिता छ । 

सिगास उद्यमी महिला समूहका अध्यक्ष खगेश्वरी भट्टको अध्यक्षतामा उद्दघाटन भएको देउडा कार्यक्रममा सुर्नया गाउँकार्यपालिका सदस्य निर्मला अवस्थी प्रमुख अतिथी रहेकी थिइन् । 

स्थानीय संस्कृति संरक्षणका लागि सुर्नयामा देउडा कार्यक्रम

 स्थानीय कला र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले देउडा कार्यक्रम आयोजना गरिएको कार्यपालिका सदस्य अवस्थीले जानकारी दिए।

उनका अनुसार आगामी भदौ १० गते सुर्नया गाउँपालिका–६ मा अवस्थित कैलपाल भेलेलिङ आधारभूत विद्यालयको प्राङ्गणमा उक्त देउडा कार्यक्रम सञ्चालन गरिनेछ।




तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च