धनगढी–१५ कनरीमा सहेली समूहकाे तीज विशेष कार्यक्रम सम्पन्न - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढी–१५ कनरीमा सहेली समूहकाे तीज विशेष कार्यक्रम सम्पन्न

  • Phulbari Khabar Logo
    यज्ञराज अवस्थी
  • Logo
    २०८२-५-७
  • सुन्नुहोस् 
1.46K   
धनगढी–१५ कनरीमा सहेली समूहकाे तीज विशेष कार्यक्रम सम्पन्न : Phulbari Khabar

धनगढी । धनगढी उपमहानगरपालिका–१५ कनरीमा सहेली समूहको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

Phulbari Khabar

सहेली समाज कनरीकी अध्यक्ष असरानी चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस महासमिति सदस्य प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ५ का सभापति भिम पडाल र वडा नं. १५ का वडा अध्यक्ष सुकदेव राना सहभागी रहेका थिए ।

त्यसैगरी, कांग्रेस क्षेत्रीय सचिव महेश गोले, वडा नं. १९ का वडा सदस्य हरेन्द्र ऐडीलगायत सामाजिक अगुवाहरू र भलमानसहरूको उपस्थिति उल्लेख्य थियो ।

Phulbari Khabar

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले तीज पर्वलाई केवल महिलाको मात्र पर्व नभई सामाजिक ऐक्यबद्धता र सांस्कृतिक समृद्धिको प्रतीकका रूपमा लिनुपर्नेमा जोड दिईन् । उनले थारु र पहाडी समुदायबीच सद्भाव र सहकार्य अभिवृद्धि गर्दै परम्परागत संस्कृति जगेर्ना गर्न तीजजस्ता पर्व महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गरिन् ।

विशिष्ट अतिथि भिम पडालले महिलाको सक्रिय सहभागिताले समाजलाई सशक्त र सक्षम बनाउन सक्ने उल्लेख गर्दै यस्ता सांस्कृतिक गतिविधिले नयाँ पुस्तामा परम्परा र संस्कृतिप्रतिको आस्था बढाउने बताए । वडा अध्यक्ष सुकदेव रानाले संस्कृतिको संरक्षणसँगै स्थानीय उत्पादन र परिकारलाई प्रवर्द्धन गर्न यस्ता पर्वले विशेष भूमिका खेल्ने धारणा राखे ।

कार्यक्रममा सहभागी महिलाले परम्परागत र स्थानीय परिकारसहितको दर खाने कार्यक्रम सम्पन्न गरेका थिए ।

कार्यक्रमको धन्यवाद ज्ञापन धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य शुष्मा चौधरीले गरेकी थिईन भने सञ्चालन करिश्मा चौधरीले गरेकी थिईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च