बैतडी । बैतडीको भौनेली स्वास्थ्यचौकीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
जिल्लाको सुर्नया गाउँपालिका–४ मा अवस्थित भौनेली स्वास्थ्यचौकीको आर्थिक वर्ष २०८१/०८२ सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।
कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समिती अध्यक्ष एवं वडा अध्यक्ष प्रताप महरा, सुर्नया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामसिंह महरा,विभिन्न राजनितीक दलका प्रतिनिधि,महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाको उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा स्वास्थ्य चाैकी प्रमुख सुरेन्द्र महराले आय व्य प्रस्तुत गरेका थिए । उनले आन्तरिक श्रोत र अनुदान बाफतको जम्मा १ लाख ५१ हजार ३३रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छ्न् ।
इन्चार्ज महराले बार्सिक कार्य प्रगतिर र कार्ययोजना प्रस्तुत गर्दै,स्वास्थ्य मन्त्रालयको मपदण्द अनुसारको भवन नभएको,एम्बुलेन्स सेवा न भएको सोलार ब्याकअप नभएको,खोप क्लिनिक र गाउघर क्लिनिक सन्चालनको लागि आवस्यक भवन नभएकाे कार्यालय खर्च एवं व्यवस्थापन खर्चकाे समेत समस्या हुने गरेकाे बताए ।
यस्तै भौनेली स्वास्थयचौकीबाट ४ हजार बढीले सेवा लिएका छन् । बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उनले एक वर्षकाे अवधिमा ४ हजार ३ सय ८० जनाले सेवा लिएका बताए।
स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र मातृ स्वास्थ्य सेवा, नवजात शिशु सेवा, खोप सेवा, पोषण सेवा, परिवार नियोजन सेवा लगायतका सेवाहरु प्रदान गरिएका महराले बताए ।
स्वास्थ्यचौकीले आफ्नै पहलमा टोलटोलमा पुगेर नसर्ने रोगको पहिचानका लागि घरधुरी अभियान सञ्चालन गरेको उनले बताए । कार्यक्रममा बाेल्दै स्वास्थ्य साखा प्रमुख रामसिंह महराले भौनेली स्वास्थ्य चौकीमा देखिएका समस्या को सामाधान को लागि शाखाबाट र पालिकबाट विशेष भुमिका रहने बताए ।
साथै उनले स्वास्थ्य चौकीले राम्रा काम गरेकोमा धन्यवाद समेत ज्ञापन गरेका छन् ।कार्यमुल्यांकन र सेवा प्रवाहमा भौनेली स्वास्थचौकी पालिककै उत्कृष्ट र जिल्लामा पनि सम्मानित हुँदै आएकाे छ ।
यस्तै सार्वजनिक सुनुवाइ कार्यक्रममा स्वास्थ चौकिमा कार्यरत कार्यालय सहयोगि जय देब भट्ट सम्मानित भएका छन् ।
स्वास्थ्य संस्थामा उत्कृष्ट काम गरेबाफत उनलाई सम्मान पत्र सहित सम्मान गरिएको स्वास्थ्य चाैकी प्रमुख महराले बताए ।










तपाइको प्रतिक्रिया दिनुहोस्