धनगढी । नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा धनगढी उपमहानगरपालिका–१८ स्थित फूलबारी बहुमुखी क्याम्पसमा राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य बाधुराम चौधरी रहेका थिए। उनले राष्ट्रिय झण्डा राष्ट्रको एकता, पहिचान र गौरवको प्रतीक भएको बताउँदै युवाहरूले राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कैलाली क्षेत्र नं. ५ का क्षेत्रीय सभापति भीम पडाल, क्याम्पस प्रमुख बम बहादुर बम, क्षेत्रीय सचिव महेश गोले, नेबिसंघका कैलाली अध्यक्ष मनिस कुँबर लगायत स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। सभापति पडालले यस्तो रचनात्मक कार्यक्रम आयोजना गरेकामा नेविसंघलाई धन्यवाद दिँदै फूलबारी क्याम्पसले क्षेत्रको शैक्षिक पहिचान निर्माणमा योगदान पुर्याएको बताए।
युवा नेता अक्कल भण्डारीले क्याम्पसको समुन्नत भविष्यका लागि सबै सरोकारवाला एकजुट हुनुपर्ने बताए। क्याम्पस प्रमुख बम बहादुर बमले क्याम्पस विकासका लागि सहयोगको आवश्यकता औँल्याउँदै सहकार्यको आह्वान गरे।
कार्यक्रम नेविसंघबाट स्ववियु सभापतिमा निर्वाचित भुवन जैशीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य नेता कमल ऐडीले दिएका थिए।










तपाइको प्रतिक्रिया दिनुहोस्