भौनेली स्वास्थ्यचौकीले गर्भवती आमाको घरमै निमन्त्रणापत्र वितरण गर्दै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

भौनेली स्वास्थ्यचौकीले गर्भवती आमाको घरमै निमन्त्रणापत्र वितरण गर्दै

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-४-२९
  • सुन्नुहोस् 
609   
भौनेली स्वास्थ्यचौकीले गर्भवती आमाको घरमै निमन्त्रणापत्र वितरण गर्दै : Phulbari Khabar

बैतडी । बैतडीको भौनेली स्वास्थ्यचौकीले आफ्नो सेवा क्षेत्रमा पर्ने गर्भवती महिलालाई घरमै निमन्त्रणापत्र पठाउन सुरु गरेको छ।

Phulbari Khabar

सुर्नया गाउँपालिका–४ मा अवस्थित उक्त स्वास्थ्यचौकीले गर्भवती महिलालाई समयमै स्वास्थ्य परीक्षण गर्न प्रोत्साहित गर्ने उद्देश्यले निमन्त्रणापत्र पठाउने अभियान थालेको हो।

स्वास्थ्यचौकीले आफ्नै पहलमा गर्भवती आमाहरुका लागि निमन्त्रणा कार्ड तयार पारेको र प्रत्येक गर्भवती आमाको घरमा पुर्याइने स्वास्थ्यचौकी प्रमुख सुरेन्द्रसिंह महराले बताए । 

Phulbari Khabar

निमन्त्रणा कार्डमा गर्भावस्थामा नियमित गर्भजाँचको महत्व र फाइदाका बिषय समेट्नुका साथै सुत्केरी भएपछि स्वास्थ्य जाँच गर्नुको महत्व समेत उल्लेख गरिएको महराले बताए । उनले भने, ‘आमा गर्भवती भएपछि स्वास्थ्य संस्थामा आठ पटक गर्भजाँच गराउनुपर्ने हुन्छ । कतिपयले गर्भजाँच नगर्ने भएकाले उनीहरुलाई गर्भजाँच गराउन उत्प्रेरित गर्न यो अभियान सञ्चालन गरेका हौं ।’

गर्भवती आमाहरुका लागि तयार पारिएको निमन्त्रणा कार्डमा आठ पटक गर्भजाँच गर्नुको फाइदा र चेकजाँचको समय पनि उल्लेख गरिएको छ । यसका साथै स्वास्थ्य संस्थामा बच्चा जन्माइसकेपछि गर्नुपर्ने स्वास्थ्य जाँचका कुराहरु उल्लेख गरिएका छन् । 

निमन्त्रणा कार्डमा गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा र गर्नुपर्ने पूर्व तयारीहरु समेत समेटिएका छन् । 

गर्भावस्थामा नियमित स्वास्थ्य जाँच नगर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले नियमित जाँचलाई प्रोत्साहन गर्न यो अभियान सञ्चालन गरिएको स्वास्थ्यचौकी प्रमुख महराले बताए । 

निमन्त्रणा कार्डमा गर्भवती आमाहरुले साविकको भन्दा थप पोषिलो खानेकुरा खानुपर्ने उल्लेख गरिएको छ भने आइरन चक्की सेवन गर्नुपर्ने, टिडी खोप लगाउनुपर्ने, जुकाको औषधी सेवन गर्नुपर्ने लगायतका कुराहरु उल्लेख गरिएका छन् । 

भौनेली स्वास्थ्यचौकीले महिला स्वास्थ्य स्वयंसेविकाहरुमार्फत गर्भवती आमाहरुको घरमा निमन्त्रणा कार्ड पठाउने बताएको छ । 

भौनेली स्वास्थ्यचौकीले नौलो र सिर्जनात्मक अभ्यास शुरु गरेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए । यो अभ्यासले आमा र शिशुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । 

सुर्नया गाउँपालिकाको भौनेली स्वास्थ्यचौकीले आफ्नो सेवा क्षेत्रभित्र उत्कृष्ट सेवा प्रदान गर्दै आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । अन्य स्वास्थ्य संस्थाहरुले पनि यो अभ्यासको अनुकरण गर्नुपर्नेमा

जोड दिए ।  

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च