परिश्रमीका शेयर सदस्यको धनगढी स्किन केयरमा उपचार गर्दा छुट - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

परिश्रमीका शेयर सदस्यको धनगढी स्किन केयरमा उपचार गर्दा छुट

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-४-२३
  • सुन्नुहोस् 
1.52K   
परिश्रमीका शेयर सदस्यको धनगढी स्किन केयरमा उपचार गर्दा छुट  : Phulbari Khabar

धनगढी। धनगढी–४ स्थित परिश्रमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य, संस्थाका सञ्चालक तथा कर्मचारीको उपचारमा सहुलियतको व्यवस्था गरेको छ । 

Phulbari Khabar

परिश्रमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र धनगढी–३, चटकपुरमा रहेको धनगढी स्किन केयर एण्ड ऐस्थेटिक सेन्टर प्रालिले शुक्रबार एक सम्झौता गर्दै परिश्रमीका शेयर सदस्य, संस्थाका सञ्चालक तथा कर्मचारीको उपचारमा विशेष छुट दिने व्यवस्था गरेको हो । संस्थाको पत्र र विरामीको परिचय पत्र खुल्ने कागजातको प्रतिलिपि पेश गरेमा सम्झौता अनुसारको विभिन्न उपचारमा छुट दिने धनगढी स्किन केयर एण्ड ऐस्थेटिक सेन्टर प्रालिका अध्यक्ष जीवनबहादुर सिंहले बताए । उनले भने,‘हामीले परिश्रमीसँग गरेको सम्झौता अनुसार नै बिरामीलाई उपचारमा विशेष छुट दिनेछौँ ।’ आफ्ना शेयर सदस्य, सञ्चालक तथा कर्मचारीलाई लाभांश मात्रै नभई उनीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उपचारमा पनि विशेष छुट दिन सकिन्छ भनेर स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम ल्याएको परिश्रमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अक्कलबहादुर सिंहले बताए । उनले भने,‘शुक्रबार हामी दुवै पक्षले स्वास्थ्य उपचारमा सहुलियत दिने सम्झौता पत्रमा हस्ताक्षर गरेका छौँ । सोही अनुसार शेयर सदस्य, सञ्चालक समिति र कर्मचारीलाई उपचारमा विशेष छुटको व्यवस्था गरिएको छ ।’ सहकारीप्रतिको विश्वसनियता घट्दै गएको सन्दर्भमा परिश्रमीले भने शेयर सदस्यप्रतिको विश्वास जित्न विभिन्न लाभदायक कार्यक्रमहरु ल्याइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च