सुदूरपश्चिममा एसईई आईडल सिजन–३ को अडिसन हुने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

सुदूरपश्चिममा एसईई आईडल सिजन–३ को अडिसन हुने

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-६-३
  • सुन्नुहोस् 
1.24K   
सुदूरपश्चिममा एसईई आईडल सिजन–३ को अडिसन हुने : Phulbari Khabar

धनगढी । एसईई आईडल सिजन–३ हुने भएको छ। प्रभात मिडिया एण्ड ईभेन्सको आयोजनामा एकल नृत्य र एकल गायन गरी दुई विधामा प्रतियोगिताको सिजन गरिने भएको हो। यसभन्दा पहिले २ वटा संस्करण सम्पन्न भइसकेका छन्।

Phulbari Khabar

अबको तेस्रो अडिसनका लागि असोजदेखि फागुनसम्म पहिलो अडिसन २०८० मा एसईई परीक्षा दिने विद्यार्थीहरूका लागि खुल्ला गरिएको सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो। सुदूरपश्चिमका ९ वटै जिल्लाबाट अडिसन लिइने आयोजकले जनाएको छ।

कलाकारितामा आफ्नो भविष्य खोजिरहेकाहरूलाई अवसर दिइने यस प्रतियोगितको उद्देश्य रहेको छ। सुदूरका ९ जिल्लाबाट दईवटै विधाबाट ६० जना विद्यार्थी पहिलो राउण्डका लागि छानिने छन् भने दोस्रो राउण्डका लागि नृत्य र गायन गरी ३०–३० जनाले फाइनलका लागि भिड्ने प्रतियोगिताका आयोजक प्रकाश छेडालले बताए।

Phulbari Khabar

पहिलो चरण असोजबाट शुरु भई फागुनसम्म चल्ने छ। यस्तै दोस्रो चरण एसईई दिएको केहीदिनमा र फाइन २०८१ असार १ गते शनिबारका दिन हुने आयोजकले जनाएको छ।

यसभन्दा पहिलेको सिजनको अडिसनमा नृत्य र गायक गरी दुई विधाका लागी विजेतलाई नगद रु ५० हजार र द्वतीयलाई नगद रु २५ हजारसँगै स्कलरसीपको व्यवस्था रहेको थियो। तर यसवर्ष भने गायन र नृत्यका विजेताले नगद रु ५०–५० हजार र द्वतीयले पनि २५–२५ हजार नगदसँगै स्कलरसीप पाउने व्यवस्था समेत रहेको आयोजकले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च