सुदूरपश्चिम सरकारको बजेट सर्वसम्मत पारित, असन्तुष्ट सत्तापक्षबाटै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सुदूरपश्चिम सरकारको बजेट सर्वसम्मत पारित, असन्तुष्ट सत्तापक्षबाटै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१८
  • सुन्नुहोस् 
420   
सुदूरपश्चिम सरकारको बजेट सर्वसम्मत पारित, असन्तुष्ट सत्तापक्षबाटै


धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२- ८३ को पारित गरेको छ । असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले पेस गरेको ३३ अर्ब ४७ करोड ७० लाख रुपैयाँको बजेट पारित भएको हो । तीन दिन सम्म बजेट माथी चलेको छलफलका क्रममा प्रतिपक्ष भन्दा सतापक्षकै प्रदेश सभा सदस्य आक्रामक देखिएका थिए । तर आज बजेट पारितका लागी आर्थिक मामिलामन्त्री विर बहादुर थापाले राखेको प्रस्ताव सर्व सहमतीले पारित भएको छ ।

बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विद्येयक सर्वसम्मतीले पारित गरिएको हो । यसअघि दुई दिनसम्म चलेको बजेटमाथीको छलफलमा प्रतिपक्ष र सत्ता पक्षका अधिकांश प्रदेश सभा सदस्यले बजेटमाथि असन्तुष्टि जनाएका थिए । उनीहरुले बजेटमा बिचौलिया हावी भएको आरोप लगाएका थिए ।

सतापक्ष र प्रतिपक्षका २७ जना प्रदेश सभा सदस्यले बजेट माथीको छलफलमा भाग लिएका थिए । बजेटको छलफलमा भाग लिएका अधिकाश प्रदेश सभा सदस्यले विचौलियामार्फत योजना खरिद(बिक्री गरेको आरोप लगाउँदै छानविन गर्न संसदीय समिति बनाउन माग गरेका थिए ।

तर बुधबार छलफल सकिएपछि बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विद्येयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । थापाले पेश गरेको प्रस्तावलाई सभामुख भीमबहादुर भण्डारीले निणायर्थ प्रदेश सभा ब‌ठकमा पेश गरेका थिए ।

ध्वनी मत विभाजन गर्दै विधेयक निणायर्थ पेश गरेका सभामुख भण्डारीले राजश्व व्ययको अनुमान बजेट र सोसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मतीले पारित भएको घोषणा गरेका छन् ।

प्रस्तावको विपक्षमा आवाज नसुनिएको बताउँदै उनले विधेयक सर्वसम्मतीले पारित भएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार