नेपाली सेनाको तेघरी ब्यारेकमा पृतनापति ट्रफी सुरु,२८० खेलाडी सहभागि - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

नेपाली सेनाको तेघरी ब्यारेकमा पृतनापति ट्रफी सुरु,२८० खेलाडी सहभागि

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१०
  • सुन्नुहोस् 
711   
नेपाली सेनाको  तेघरी ब्यारेकमा  पृतनापति ट्रफी  सुरु,२८० खेलाडी सहभागि

धनगढी ।कैलाली जिल्ला स्थित नेपाली सेनाको  तेघरी ब्यारेकमा  पृतनापति ट्रफी २०८२ को  उद्घाटन गरिएको छ । सुदूरपश्चिम पृतना हेडक्वारका पृतनापति उपरथी प्रकाश देउजाले एक विशेष समारोहका बिच ट्रफीको उद्घाटन गरेका हुन् । "स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद" भन्ने मूल नारालाई आत्मासाथ गर्दै  ट्रफीको अयोजना गरिएको हो । प्रधानसेनापति ट्रफी –२०८२ को तयारीको निम्ति सुदूरपश्चिम पृतना हेडक्वार अन्तर्गतका युनिट तथा सव युनिटका खेलाडी तथा टिमहरुलाई सहभागी गराई  ट्रफीको अयोजना गरिएको हो ।  


 उक्त पृतनापति ट्रफी खेलकुद प्रतियोगितामा ९ वटा युनिटका २८० खेलाडीले फुटवल, भलिवल, बास्केटवल, पौडी, बक्सिङ्ग, जुडो, एथ्लेक्टिक्स र तेक्वान्दो विधामा प्रतिशप्रधा गराई उत्कृष्ट युनिट र खेलाडीहरु छनौट गरिने  तेघरी ब्यारेक स्थित नेपाली सेनाले जानएको छ  ।  मंगलबार देखि सुरु भएको प्रतियोगिता  असार १७ गते समापन हुने बताईएको छ । 



तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार