अत्तरिया बसपार्क अस्तब्यस्त, खानेपानीकाे चरम अभाव धारा प्रयोगविहीन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

अत्तरिया बसपार्क अस्तब्यस्त, खानेपानीकाे चरम अभाव धारा प्रयोगविहीन

  • Phulbari Khabar Logo
    बिक्रम बोहरा
  • Logo
    २०८२-२-२१
  • सुन्नुहोस् 
801   
अत्तरिया बसपार्क अस्तब्यस्त, खानेपानीकाे चरम अभाव धारा प्रयोगविहीन : Phulbari Khabar

धनगढी- अत्तरिया बसपार्क, सुदूरपश्चिमको एक महत्वपूर्ण सार्वजनिक यातायात केन्द्र, स्वच्छ खानेपानीको चरम अभावको सामना गरिरहेको छ। यात्रुहरूको दैनिक भीड रहने स्थानमा न त काम गर्ने धारा छन्, न त सफा पिउने पानीको भरपर्दो व्यवस्था।

Phulbari Khabar

बसपार्कमा नगरपालिका द्वारा फिल्टर सहितको सादा-तातो–चिसो पानी आउने सुविधा सहितको आधुनिक प्रणाली जडान गरिएको देखिए पनि हाल त्यो प्रणाली पूर्ण रूपमा प्रयोगबिहीन अवस्थामा पुगेको छ। पानीको मिटर जडान गरिएको छ, तर पानी नै आउँदैन। संरचना रहँदासमेत सेवा नदिएको अवस्था यात्रुहरूका लागि निराशाजनक छ।


Phulbari Khabar

बसपार्कभित्र देखिएको एउटा सार्वजनिक धारा (ट्याप) हाल टुटि रहित अवस्थामा छ। उक्त धारामा कुँदिएको शिलालेख अनुसार, यो धारा  श्री चन्द्र सिंह कुँवर र श्रीमती खिनादेवी कुँवरद्वारा वि.सं. २०६८ सालमा निर्माण गरिएको देखिन्छ।

धेरै वर्ष पहिले बनाइएको यो सुविधा हाल सरसफाइ विहीन, संरक्षणको अभाव र सरोकारवालाको ध्यान नपुगेका कारण खण्डहर झैं बन्ने अवस्थामा छ। यात्रु र स्थानीयहरू जनप्रतिनिधिहरूसँग आधारभूत सुविधाको माग गरिरहेका छन्, तर समाधान नदेखिएको गुनासो गरेका छन्।


बसपार्क जस्तो व्यस्त र सार्वजनिक स्थानमा यस्तो दुर्दशा हुनु जनस्वास्थ्य र नागरिक अधिकारप्रतिको गम्भीर लापरवाही हो। विशेषतः गर्मीयाममा सफा पानीको अभावले यात्रुहरूलाई थप सास्ती दिएको छ।

एक स्थानीय व्यवसायीले भने, “नगरपालिकाले राम्रो सिस्टम त ल्यायो, तर पानी नै छैन भने के काम? यो त देखावटी सेवा जस्तो मात्र हो।” अर्का एक स्थानीय व्यवसायीका अनुसार “धेरैपटक सरोकारवालालाई भने पनि कसैले चासो दिएको देखिएन ।।"

अत्तरिया बसपार्क सुदूरपश्चिम प्रदेशको मुख्य व्यस्त स्थल भएकाले यस्ता सार्वजनिक सुविधाको अभावले यस क्षेत्रको छवि बिगार्ने देखिन्छ। स्थानीय सरकार तथा सम्बन्धित निकायहरूलाई तत्काल मर्मत तथा नयाँ सुविधाको व्यवस्था गर्न आम नागरिकहरूको माग रहेको छ। यदि खानेपानी जस्तो आधारभूत सेवामै लापरवाही गरिने हो भने, यसले न केवल जनस्वास्थ्यमा प्रतिकूल असर पार्छ, पर्यटक तथा यात्रुहरूमा नकारात्मक छवि समेत पर्न सक्छ। यस्तो अवस्थाले सुदूरपश्चिम प्रदेशको समग्र विकास प्रयासमा बाधा पुर्‍याउने सम्भावना रहन्छ। त्यसैले अत्तरिया बसपार्कमा स्वच्छ खानेपानी, स्वच्छ शौचालय र जानकारीमूलक साइनबोर्ड जस्ता अत्यावश्यक सार्वजनिक पूर्वाधारहरूको स्तरीकरण तथा नियमित मर्मतसंभार अनिवार्य भएको छ। यस कार्यमा स्थानीय सरकार, सरोकारवाला निकाय तथा नागरिक समाजको सहकार्य अपरिहार्य छ, जसबाट दीर्घकालीन समाधान र दिगो विकास सम्भव हुनेछ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च