सुदूरपश्चिम
डोटीको बडीकेदारमा अटो दुर्घटना,एकको मृत्यु

डोटी । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ रुमायल भिरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सहजपुर बोगटान दिपायल सडक खण्ड अन्तर्गत रुमायल भिरमा बिपीनगरबाट खड्यौली आउदै गरेको सुप्र ०१००१ ह ५४०६ नम्बरको अटो आईतबार राति दुर्घटना भएको प्रहरी चौकी खड्यौलीका इन्चार्ज भाष्करदत्त पन्तले जानकारी दिएका छन् ।
दुर्घटनामा परि बडीकेदार गाउँपालिका वडा नम्बर ३ की अन्दाजी ५८ वर्षीय कस्तुरी देवी जेठराको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालक बडीकेदार १ का उत्तम बोहरा सामान्य घाइते भई प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रातिको समयमा घटना के कति कारणले भएको हो भन्ने खुल्न सकेको छैन । अटो सडक बाट करिब ५० मिटर तल खसेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्