आगामी शनिवारबाट पन: आइपिएल सुरु हुने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

आगामी शनिवारबाट पन: आइपिएल सुरु हुने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-३०
  • सुन्नुहोस् 
246   
आगामी शनिवारबाट पन: आइपिएल सुरु हुने

भारत। इन्डियन प्रिमियर लिग (आइपिएल)मे १७ बाट पुनः सुरु हुने भएको छ।

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले सोमवार राति आगामी शनिवारबाट प्रतियोगिता सुरु गर्ने जानकारी दिएको हो। यो सँगै प्रतियोगिता जुन ३ मा समाप्त हुने भएको छ।

भारत–पाकिस्तान सीमामा तनावका कारण मे ९ मा एक हप्ताको लागि स्थगित गरिएको प्रतियोगिताको बाँकी खेल अब ६ वटा स्थानमा खेलाइनेछ। यी खेल बेंग्लुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा हुनेछ। दुई आइतबार हुने दुई डबल–हेडर सहित कुल १७ खेल खेलाइनेछ।

प्लेअफ खेलका लागि स्थान घोषणा गरिएको छैन। तर, मे २९ मा क्वालिफायर १, मे ३० मा एलिमिनेटर, जुन १ मा क्वालिफायर २ र जुन ३ मा फाइनल हुने तय छ। संशोधित तालिकामा कुल १७ खेल खेलाइनेछ जसमा १३ लिग खेल र चार प्लेअफ हुनेछन्। यसको अर्थ मे ८ मा पहिलो इनिङ्सको समयमा रद्द भएको पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स खेल अब मे २४ मा जयपुरमा हुने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च