अर्थमन्त्री पौडेल र प्रचण्ड बीच भेटवार्ता - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

अर्थमन्त्री पौडेल र प्रचण्ड बीच भेटवार्ता

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२३
  • सुन्नुहोस् 
 
अर्थमन्त्री पौडेल र प्रचण्ड बीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड बीच भेटवार्ता भएको छ। आज बिहान खुमलटारमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डसँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन्।

एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण र समसामयिक राजनीतिक विषयमा प्रचण्डसँग विमर्श गरेको सचिवालयले जनाएको छ।

सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संसद् प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमले “समृद्ध नेपाल सुखी नेपाली" को सपनालाई साकार पार्ने उल्लेख छ। ‘नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को प्रस्तुत नीति तथा कार्यक्रमले संविधानमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनमार्फत समृद्ध नेपाल सुखी नेपाली" को सपनालाई साकार पार्नेछ।’

नीति तथा कार्यक्रममा भनिएको छ,‘यस नीति तथा कार्यक्रममा अन्तर्निहित उद्देश्य प्राप्त गर्न सरकारले राष्ट्रिय सहमति, सहकार्य र सामूहिक प्रतिबद्धताको नीति अवलम्बन गर्नेछ।’

संसद् बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट जेठ १५ गते ल्याउँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च