चलचित्र पत्रकार संघ सुदूरपश्चिमले सरोकारवालासंग एकदिने अन्तरक्रिया गर्ने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

चलचित्र पत्रकार संघ सुदूरपश्चिमले सरोकारवालासंग एकदिने अन्तरक्रिया गर्ने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२२
  • सुन्नुहोस् 
 
चलचित्र पत्रकार संघ सुदूरपश्चिमले सरोकारवालासंग एकदिने अन्तरक्रिया गर्ने

धनगढी । चलचित्र पत्रकार संघ सुदूरपश्चिमले  धनगढीमा सुदूरपश्चिमको भाषा ,कला सािहत्य,पर्यटन र चलचित्र क्षेत्रको विकासमा सरोकारवालासंग एकदिने अन्तरक्रिया कार्याक्रम गर्ने भएको छ । अगामी जेठ २ गते चलचित्र पत्रकार संघले सो कार्यक्रम गर्ने भएको हो । सोहीदिन संघले आफ्नो स्थापनाको २६  वार्षिकोत्सब   समेत  भव्य रुपमा मनाउने निर्णय गरेको  छ ।   आज संघका अध्यक्ष पुष्पराज जोशीको  अध्यक्षतामा बसेको  बैठकले उक्त निर्णय गरेको हो । 

 सोही बैठकले जेठ ६ देखि ९ गते सम्म  ईलाममा हुने राष्ट्रिय चलचित्रको कार्यशाला गोष्ठीमा  प्रतिनिधि पठाउने ,सदस्यता नबिकरण गर्ने  लागायतका निर्णय गरेको चलचित्र पत्रकार संघ सुदूरपश्चिम अध्यक्ष पुष्पराज जोशीले बताए ।  

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च