धनगढी । भारत सरकारको निमन्त्रणामा औपचारिक भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सहितको टोली त्यहास्थित नेताहरु सँग भेटघाटमा व्यस्त रहेका छन ।
भारतका बिदेश राज्यमन्त्री किर्ती बर्धन सिंह सँग मुख्यमन्त्री शाहले भेटघाट गरेका छन ।
बिदेश राज्यमन्त्री सिंहले आयोजना गरेको दिवा भोजमा सरिक भएका मुख्यमन्त्री शाहले नेपालरभारतबीचको वर्षौ देखिको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक रुपमा घनिष्ट सम्बन्धका वारेमा कुराकानी गरेका थिए। भेटमा मुख्यमन्त्री स्तरिय भारत भ्रमणले दुई देशबीचको सम्बन्ध प्रगाढ र अझ थप उचाईमा पग्ने विश्वास व्यक्त गरिएको थियो । सोही अवसरमा मुख्यमन्त्री शाहले भारत सरकारले सुदुरपश्चिम प्रदेश सरकारलाई भ्रमणको निमन्त्रणा गरेकोमा भारत सरकारलाई धन्यबाद दिए ।
भारतले नेपाललाई निरन्तर सहयोग गर्दै आईरहेको स्मरण गर्दै सुदूरपश्चिम प्रदेशको विकासमा समेत भारत सरकारले सहयोग गर्नेमा विश्वस्त रहेको र दार्चुलामा निर्माणाधिन पुल छिटोभन्दा छिटो निर्माण गर्ने, बैतडी र डल्डेधुरामा पुल निर्माण प्रक्रिया चाडो शूरु गर्ने विषयमा कुराकानी भएको थियो । भेटमा तिकुनियाँ – खक्रौलासम्मको सडक छिटो सम्पन्न गर्ने बिषयमा पनि छलफल भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्