रेशमलाई थुनामुक्त गर्ने तयारी - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

रेशमलाई थुनामुक्त गर्ने तयारी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-१७
  • सुन्नुहोस् 
 
रेशमलाई थुनामुक्त गर्ने तयारी

 काठमाडौं । रेशम चौधरीलाई कैद गर्ने पत्र  कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ ।

‘मुद्दा विचाराधीन भएकै अवस्थामा एक शाखा अधिकृतबाट शंकास्पद हिसाबले पत्र जारी भएको देखियो, त्यसमाथि हामी छानबिन गर्दैछौं,’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘यस्तो अवस्थामा त्यो पत्रले वैधता पाउँदैन । उहाँलाई थुनामुक्त गर्ने पत्र जारी हुँदैछ ।’

यसबारेमा अनौपचारिक रुपमा महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रशासन संयन्त्रसँगसमेत कुराकानी भइरहेको सर्वोच्च अदालत स्रोतले बतायो ।सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको नामबाट आज जारी भएको पत्रका आधारमा सादा पोशाकका प्रहरीले प्रज्ञा भवन कमलादी परिसरबाट रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च