हामि संग जोडिनुहोस

समाचार

गोदावरी –४ बन्दगडामा विद्युत विस्तारका लागि भौगोलिक अध्ययन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२९
  • सुन्नुहोस् 
210  
Banner

धनगढी। कैलालीको गोदावरी नगरपालिका– ४ बन्दगडामा विद्युत सेवा विस्तारका लागि भौगोलिक अध्ययन तथा सर्भे गरिएको छ । सोमबार नेकपा एमालेका सचिव लेखराज भट्टको निर्देशनमा विद्युत कार्यालयका कर्मचारीहरुसँगै आफूहरुको टोलीले सो क्षेत्रमा सर्भे गरेको एमालेका कैलाली क्षेत्र नं। ४ समन्वय कमिटीका संयोजक गणेश जिमि साउँदले बताएका छन ।सो ठाउँमा विद्युत सेवा पुग्न नसकेका क्षेत्रहरुको पहिचान गरि छिट्टै बाँकी रहेका घरहरुमा विद्युत सेवा विस्तार गरिने साउँदले बताए । उनले सो कार्यका लागि एमालेकै कैलाली जिल्ला अध्यक्ष यज्ञ ढुंगानाको पनि सहयोग रहेको बताए ।उनले बन्दगडाबासीहरुको अध्यारोमा बस्नुपर्ने समस्याको समाधानका लागि एमाले सचिव भट्टको निर्देशनमा समन्वय समितिले उक्त कार्य थालेको बताए । उनले आगामी दिनमा पनि स्थानियस्तरमा टोलटोलमा गएर समन्वय समिति समस्या पहिचान गरेर समाधानको प्रयास गर्ने समेत बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार