समाचार
लागुऔषध सहित ३ जना पक्राउ
धनगढी । कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ परेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाबाट सोमबार प्रहरीले ३ जनालाई लागुऔषध खैरो हिरोइन सहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– ५ का २२ वर्षिय खगेन्द्र चौधरी, वडा नं। ८ धनगढी गाउँका २८ वर्षिय नरेश चौधरी र गोदावरी नगरपालिका–५ का२७ वर्षिय महेश राना रहेको प्रहरीले जनाएको छ ।खगेन्द्रलाई धनगढी उपमहानगरपालिका– २ ब्यारेल नजिकबाट पक्राउ गरिएको हो भने नरेशलाई धनगढीगाउँबाटै र महेशलाई गेटाको भित्रि सडकबाट पक्राउ गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीले खगेन्द्रको साथबाट ८९० मिलिग्राम, नरेशको साथबाट १ ग्राम ४७० मिलिग्राम र महेशको साथबाट ४९० मिलिग्राम लागुऔषध बरामद गरेको जनाएको छ । पक्राउ परेका तिनै जनामाथी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्