समाचार
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा आज शोक बिदा

धनगढी। दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आज शोक बिदा दिएको छ । गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी जगदीश चन्द्र अवस्थीको आईतबार मृत्यु भएपछि गाउँपालिकाले आज सोमबार शोक बिदा दिएको हो ।कार्यालयका कर्मचारीको मृत्यु भएको शोकमा गाउँपालिका भित्र रहेका सबै सरकारी कार्यालयहरुमा शोक बिदा दिईएको गाउँपालिकाका सूचना अधिकारी सुरज प्रसाद जोशीले जानकारी दिए । उनले गाउँपालिकामा रहेका अत्यावश्यक बाहेकका सबै कार्यालयहरुमा बिदा दिईएको बताए ।गाउँपालिकाकै वडा नं। ५ डाँडाकोट घर भई गाउँपालिका कार्यालयमा उद्यम विकास संयोजकको रुपमा कार्यरत अवस्थीको दुर्घटनामा परी आइतबार मृत्यु भएको थियो ।भारतको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी हुन जाँदै गरेका अवस्थीको लखनउमा गाडीले ठक्कर दिएर मृत्यु भएको हो । आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्