लागुऔषधसहित ८ जना पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

लागुऔषधसहित ८ जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२७
  • सुन्नुहोस् 
276   
लागुऔषधसहित  ८ जना पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरिएको छ ।धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय राम विशाल राना र २८ वर्षीय हरि रानालाई २ ग्राम ६९० मिलिग्राम लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।टीकापुर नगरपालिका–३ शंकरपुर स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने २६ वर्षीय नरेश शाहीलाई ९० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।यसैगरी गोदावरी नगरपालिका–२ पहाड रोड स्थित बसपार्क नजिकबाट गोदावरी नगरपालिका–१ बस्ने २६ वर्षीय राजन हमाललाई १३० मिलिग्राम खैरो हेरोइनसहित र गोदावरी नगरपालिका–३ मालिका टोल जाने बाटो नजिकबाट सोही ठाउँ बस्ने १९ वर्षीय तिलक थापा, २१ वर्षीय मनोज सार्की र गोदावरी नगरपालिका–१ बस्ने २३ वर्षीय नितेस महरालाई ५८० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।उता गौरीगंगा नगरपालिका–१ चौमाला बजारबाट कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–२ बस्ने २९ वर्षीय खगेन्द्र महरालाई ९० मिलिग्राम  खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । विभिन्न स्थानबाट पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:15) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च