हामि संग जोडिनुहोस

समाचार

धनगढीमा चक्कु देखाएर १४ वर्षिया किशोरीमाथी जबरजस्तीकरणी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२७
  • सुन्नुहोस् 
363  
Banner

धनगढी । धनगढीमा एक किशोरीमाथि बलात्कार भएको खुलेको छ । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी एक १४ वर्षिया किशोरीको बलात्कार भएको खुलेको हो ।शनिबार ति किशोरी प्रहरीसमक्ष पुगेपछि यो रहस्य खुलेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार धनगढीमा बसेर कक्षा ७ मा अध्ययन गर्दै आएकी ति किशोरीमाथी गत बिहिबार साँझ जबरजस्तीकरणी भएको हो ।ति किशोरीलाई स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर एक जना १८ वर्षिय युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएको खुल्नमा आएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको हो । युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार