हामि संग जोडिनुहोस

समाचार

क्याप्टेन वेद उप्रेतीको पायलट प्रेम उपन्यास सार्वजनिक

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२७
  • सुन्नुहोस् 
210  
Banner

धनगढी । क्याप्टेन वेद उप्रेतीको नयाँ कृति ‘पायलट प्रेम’ को शनिबार धनगढीमा विमोचन गरिएको छ। सुदूरपश्चिम विश्वविद्यालयका डिन प्रेमराज पन्त, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार हेमराज पन्त, लेखकका आमा सरस्वती उप्रेती लगायतकाले संयुक्त रुपमा उपन्यासको विमोचन गर्नु भएको हो।

क्याप्टेन उप्रेतीले आफ्नो १३ औं कृतिको रुपमा पायलट प्रेम उपन्यास लेख्नु भएको हो। यस उपन्यासभित्र पाइलटका चुनौतीपूर्ण जीवन, उतारचढाव, रोमान्सका कुराहरु समेटिएको उनले बताए । उपन्यासभित्र ९० प्रतिशत वास्तविक कथा समेटिएको उनले जानकारी दिए । यसैगरी, १० प्रतिशत काल्पनिक कुररु राखिएका छन्।

पुस्तकमाथि समीक्षा गर्दै कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्टले उपन्यासको बाहिर पायलट प्रेम भनिए पनि भित्र जीवनवादी र आशावादी उपन्यास रहेको बताए । उनले उपन्यासभित्र विभिन्न किसिमको प्रेमका व्याख्या गरिएको उल्लेख गर्दै प्रेममा बे्रकअप भएमा निराश हुन नहुने सन्देश उपन्यासले दिएको उल्लेख गरे ।

अर्का टिप्पणीकर्ता कलमराज जोशीले लेखक क्याप्टेन उप्रेतीले जहाजको उडानमात्रै नभएर शब्दको उडान पनि उपन्यासमा भरेको उल्लेख गरे ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार