समाचार
आज दिनभर धनगढीका विकास योजनाको काम व्यस्त परराष्ट्रमन्त्री

धनगढी । नेपाल सरकारकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज दिनभर विकास निर्माणका योजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागि रहने बताईएको छ ।
धनगढी उपमहानगरपालिकाले निर्माण सम्पन्न गरेका तथा सुरु हुने योजनाहरुको उद्घाटन र शिलान्यासमा सहभागिता रहने धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
बिहान ९ बजे नेपाल बिद्यार्थी संघ धनगढी नगर कार्यसमितिले आयोजना गरेको लागु औषध बिरुद्धको पैदल यात्रमा सहभागि भए पश्चात विकास आयोजनाहरुको उद्घाटन तथा शिलान्यास कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको बताईएको छ ।
जस अन्तरगत धनगढी उमहानगरपालिका वडा नम्बर १९ स्थित जनप्रिय आधारभूत विद्यालयको ८कोठे पक्की भवन , १७ मा रहेको दमौलिया झोलुङ्गे पुल, ११ मा जोकैया पक्की पुल, २ नम्बर वडा कार्यालयको प्रशासनिक भवनको उद्घाटन गरिने कार्यतालिका रहेको छ । आज नै वडा नम्बर १६मा रहेको बेहडाबाबा माद्यामिक विद्यालयको ८ कोठे पक्की भवनको शिलान्यास कार्यक्रम रहेको उपमानगपालिकाले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।
२५ गते नेपाली कांग्रेसको जिल्ला सम्मेलनमा सहभागि हुन धनगढी पुग्नुभएकी परराष्ट्रमन्त्री डा राणा विभन्न सार्वजनिक कार्यक्रममा सक्रिय रहेकी छिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्