समाचार
थारु समुदायकोे हकहितमा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण : परराष्ट्रमन्त्री डा राणा

धनगढी ।नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले थारु समुदायकोे हक र हितमा नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् ।नेपाली कांग्रेस थारु विभाग र नेपाल थारु संघ कैलालीको संयुक्त आयाोजनामा कैलालीको कैलारीमा सम्पन्न प्रथम कैलाली जिल्ला भेलामा बोल्दै परराष्ट्रमन्त्री डा राणाले सो कुरा बताएकी हुन् ।
बिक्रस संम्वत २०५८ सालमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कमयाँ मुक्ति गर्न खेलेको भूमिका सहित अन्य थुर्पै कार्यमा नेपाली कांग्रेसको भूमिका महत्वपुर्ण रहेको समेत परराष्ट्रमन्त्री डा राणाले स्मरण गरिन् ।यस्तै सोही कार्यक्रम परराष्ट्रमन्त्री डा राणाले अब बिदेश भ्रमण जादा थारु पोशाक लगाएर जाने बताएकी छिन् । नेपालीको पहिचान भनेको बहुल साँस्कृतिक भएको बताउदै उनले अब बिदेश जादा थारु पोशाक लागाएर बताईन् ।
उनले भनिन् ,“नेपाल बहुँ सांस्कृतिक देश हो , यहाँ विभिन्न जात जातीहरुको बसोबास छ , हामीले सबैको संस्कृतिलाई संरक्षण र सम्मान गर्नु पर्छ । म सबैको पोशाक लगाउने प्रयास गर्छु ।“थारुजाती संस्कारी र ईमानदार भएका बताउदै मन्त्री राणाले थारु जातीको हक र अधिकारमा नेपाली कांग्रेस सधै तत्पर रहेको उनको भनाई छ ।
थारु पोशाकमा सजिएर आफ्नो धारणा राखेकी परराष्ट्रमन्त्री डा राणाले थारु समुदायमा व्याप्त सिकलसेल एनिमिया रोग निवारणमा समेत नेपाल सरकारले पहल थाल्ने बताईन् ।यस्तै सोही कार्यक्रममा बोल्नुहुँदै मन्त्री डा राणाले वर्तमान सरकार दिर्घकालिन र मजबुद भएको समेत बताईन् ।
सम्मेलनमा थारुजातीको कला र संस्कृति झल्काउने झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो ।नेपाली कांग्रेसको भातृसंगठनको रुपमा रहेको थारु संघका जिल्ला अध्यक्ष लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा सम्पन्न थारु भेलामा नेपाली कांग्रेसमा केन्द्रीय सदस्यहरु, सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्य लगायत थारु नेताहरुले आफ्नो धारणा राखेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्