हामि संग जोडिनुहोस

राष्ट्रिय

कलौनी मृत फेला प्रकरण : फरेन्सिक रिपोर्टमा देखिएन चोट

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२५
  • सुन्नुहोस् 
312  
Banner

धनगढी । कञ्चनपुर प्रहरीले नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनीको शव परीक्षण रिपोर्टमा भित्री र बाहिरी चोट नदेखिएको जनाएको छ । फरेन्सिक परीक्षण रिपोर्ट आएको जनाउँदै जिल्ला प्रहरी कार्यालयले कलौनी मृत्युको यथार्थ कारण फरेन्सिक परीक्षण रिपोर्टबाट पत्ता लाग्न नसकेको जनाएको हो ।रिपोर्टमा भित्री र बाहिरी चोट नरहेको उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए । मुटुमा अक्लुजन देखिएको रिपोर्टमा आएको छ,” उनले भने, “मेडिकल भाषामा अक्लुजनको अर्थ मुटुको भल्ब बन्द भन्ने हुन्छ ।  नगर सभापति कलौनी गत शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चौकनजिक सडकपेटीमा मृत अवस्थामा फेला परेका थिए । उनको शव घोप्टो परेको अवस्थामा रहेको थियो ।कलौनीको मृत्यु प्रकरणमा अनुसन्धान कार्यमा सहजताका लागि नेपालगन्जबाट आएको चिकित्सकको प्राविधिक टोलीले फरेन्सिक परीक्षण गरेको थियो । 


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार