समाचार
धनगढीबाट एक महिला सहित ३ जना पक्राउ
धनगढी । कैलालीको धनगढीबाट एक महिला सहित ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । बिहीबार जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा लागू औषध मुद्दामा २ महिना १८ कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका – १३ का ४० वर्षीय जियालाल राना, चोरी मुद्दामा १ महिना कैद सजाय र १ लाख जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका – ५ हसनपुरका २८ वर्षीय खेमराज ओझा र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएकी धनगढी उपमहानगरपालिका – ५ की ३७ वर्षीय संयुक्ता शाह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्