हामि संग जोडिनुहोस

समाचार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२४
  • सुन्नुहोस् 
327  
Banner

धनगढी ।  कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। बुधवार राती बर्दगोरिया गाउँपालिका – २ सम्झना चोकको सुदूरपश्चिम प्रदेश ०१–००९ प ९०७६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री लम्की चुहा नगरपालिका– १० चुहाका  १६ वर्षीय दिनेश तिमिल्सेनाको मृत्यु भएको हो ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलमा पछाडि सवार तिमिल्सेनालाई नर्सिङ होम नेपालगन्ज लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल चालक भजनी नगरपालिका– ९ का  ३५ वर्षीय नवीन चौधरी, पछाडि सवार बर्दियाको आसापुर नगरपालिका– ८ का २२ वर्षीय मंगल राजपूत  र साइकल चालक लम्की चुहा नगरपालिका– १० चुहाका १५ वर्षीय लोकेश भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार