कञ्चनपुरमा प्रहरीको हिरासतबाट एक थुनुवा फरार - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

कञ्चनपुरमा प्रहरीको हिरासतबाट एक थुनुवा फरार

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-१५
  • सुन्नुहोस् 
894   
कञ्चनपुरमा प्रहरीको हिरासतबाट एक थुनुवा फरार

धनगढी । कञ्चनपुरमा प्रहरीको हिरासतबाट एक थुनुवा फरार भएका छन्।  बुधबार राति साढे ८ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएका हुन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझा बस्ने २६ वर्षीय वीरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेको स्रोतले जनाएको छ।  बडायक इलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई  साउनको १९ गतेदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षमा थुनिएका थिए। उनी थुनुवा हिरासत कक्षको बाथरुममा रहेको भ्येन्टिलेसनको ग्रिल तोडेर भागेको बताइएको छ।

उक्त भ्यान्टीलेसनबाट बाहिर निस्केर भागेका उनको खोजतलासमा प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा ३० जनाको प्रहरी टोली खटाइएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च