कैलालीमा किन भयो स्कुटर चालक महिला र प्रहरीबीच हात हालाहाल ? - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलालीमा किन भयो स्कुटर चालक महिला र प्रहरीबीच हात हालाहाल ?

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-२५
  • सुन्नुहोस् 
642   
कैलालीमा किन भयो स्कुटर चालक महिला र प्रहरीबीच हात हालाहाल ?

 कैलाली। प्रहरी र एक महिलाबीच भनाभन भएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । घटना कैलालीको टिकापुर नगरपालिका–७ स्थित सडकमा शनिबार भएको हो ।

स्कुटर चालक महिलाले प्रहरीलाई ‘तँ’ भन्दै गालीगलौज गरेपछि प्रहरीसँग हात हालाहालको अवस्था आएको थियो । राजकुमारी कुँवर शाह नाम गरेकी महिला स्कुटरको पछाडि बसेर एक नाबालकलाई स्कुटर चलाउन लगाएकी थिइन् । सादा पोशाकमा ड्युटीमा रहेका प्रहरीले लाइसेन्स नभएका नाबालकलाई स्कुटर चलाउन दिएको भन्दै रोकेका थिए ।

तर स्कुटरको पछाडि बसेकी शाहले भने स्कुटर रोकेको भन्दै प्रहरीसँग सवालजवाफ गरेको भिडिओमा देखिन्छ । प्रहरीका सई यज्ञराज पन्तलाई ‘तँ’ भन्दै गालीगलौज सुरु भएको थियो । त्यसपछि ती महिलाले आफूसँग लाइसेन्स र ब्लु बुकसमेत रहेको बताउँछिन् । किन रोकेको  भन्दै प्रहरीसँग सवालजवाफ गरेकी उनलाई प्रहरीले भने लाइसेन्स नभएका बालकलाई स्कुटर किन चलाउन दिएको भन्दै प्रश्न गर्छन् ।

बालकले पनि स्कुटर आफैंले चलाएको बताउँछन् । यो विवाद भइरहेका बेला प्रहरीले आफ्नो मोबाइलबाट भिडिओ समेत बनाएको देखिन्छ । सोही क्रममा ती महिलाले मोबाइल भुईँमा खसाएजस्तो देखिन्छ । प्रहरीले पनि ती महिलाले मोबाइल खसाली दिएको बताएको छ । त्यसपछि दुवै पक्ष आक्रोशित हुँदा हात हालाहाल गरेको भिडिओमा देखिन्छ ।

सुरुवाती क्रममा महिलाको गल्ती देखिए पनि हात हाल्नु भने प्रहरीको गल्ती भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । घटनाबारे यर्थाथ बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बालनर सिंह राणाले बताए ।

‘घटनाबारे जानकारी पाएसँगै छानबिन अघि बढाएका छौं । क–कसो भएको हो । कसको गल्ती हो भन्ने कुरा छानबिन पछि नै आउला,’ एसपी राणाले भने ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च