धनगढी। नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले बैंक तथा बित्तीय संस्था र व्यबसायी बिचमा सम्बन्ध सुधारमा जोड दिएका छन् । नेपाल राष्ट्र बैंक धनगढी कार्यालयले सोमबार धनगढीमा आयोजना गरेको उद्योगी,बैंक तथा बित्तीय संस्था र ऋणीहरुसंगको छलफल कार्यक्रममा सहभागि गर्भनर पौडेलले आर्थिक गति चलायमान गर्न र समस्याको सामाधान गर्न बैंक तथा बित्तीय संस्था र व्यबसायी बिचमा सम्बन्ध सुधारमा जोड दिएको हो ।
ऋणीहरु प्रति बैंक तथा बित्तीय संस्थाका कर्मचारीको ब्यबहार सुमधुर नभएको गुनासो सुन्दै आएको बताउदै गर्भनर पौडेलले बैंक र बित्तीय क्षेत्रले कारोबारीहरुसंगको व्यबहार परिर्वतनमा जोड दिए । बैंकरहरुले आफ्ना ग्राहकसंग संयमित भएर सम्झाई बुझाई समस्या सामाधानको बाटो खोज्नु पर्ने उनको भनाई छ । ऋणीहरुलाई गाली गर्ने धम्काउने तथा विभिन्न प्रकारका डर देखाउने कार्या कदापी गर्न नहुँने गर्भनर पौडेलले बताए ।
कोभिडिपछि अर्थतन्त्रमा केही समस्या देखा परेको बताउदै उनले भने, “ अर्थतन्त्रमा देखिएका समस्याहरु आगामी मौद्रिक निति मार्फत सुधारको प्रयास गर्छु । कोभिड लगायत अन्य आकस्मीक घटनाहरुले अर्थतन्त्रमा केही समस्या पैदा गर्ने गरेको छ यसको समस्याको पहिचान गरेर समस्या सामाधान गर्छ । ”
जनताको सल्लाह र समास्याका आधारमा आफुले अर्थ निति बनाउने बताउदै उनले भने,“म गर्भनर भएपछि जनताका समास्याका आधारमा निति बनाउने उदेश्य लिएको छु । जस अन्र्तगत मध्यलोक मार्ग हुँदै जेठ २३ गते देखी सारोकारवालाहरुको गुनासो सुन्दै धनगढी पुगेको छु । सारोकारवालका गुनासका आधारमा आगामी मौर्दिक निति बनाउछु ।”
नेपाल–भारतको सीमा क्षेत्र र पहाडी जिल्लामा रहेको धितो मूल्याकंन नहुँने भएपनि न्युन हुने भन्ने गुनासो छ,यसलाई बिज्ञसंग छलफल गरी सुधार गर्ने समेत गर्भनर पौडेलले बताएको छ ।
उनले साना ब्यबसायी, किसानका,युवा स्वरोजगार प्रर्वद्धन गर्ने उद्ेश्यका साथ आफुले काम गर्ने बताए । सबैखाले ब्याबसायी , लगानीकर्ता बैंक तथा बित्तिय क्षेत्रका समस्या सामाधानमा आफु क्रियाशिल रहने उनको भनाई छ ।
कार्याक्रमा सहभागिहरुले बैंक तथा बित्तीय संस्थाहरुले पहुँचको आधारमा ऋण लगानी गर्ने, चर्को ब्याज,स्टार्टअफ कर्जा,बैंकहरु ब्यबहार राम्रो नभएको, कृर्षि कर्जामा समस्या भएको लागायतमा समस्या व्याक्त गरेका थिए ।
सहभागिका जिज्ञासाको जवाफ दिदै नेपाल राष्ट्र बैंकका बैंक तथा बित्तीय संस्था नियमन विभागका निर्देशक गुरुप्रसाद पौडेलले सरोकारवालका समस्या समाधान गर्ने प्रतिबद्धता व्याक्त गरे ।
छलफल कार्याक्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका दीर्घबहादुर रावल, गर्भनर कार्यालयका कायम मुकायक कार्यकारी निर्देशक शरण कुमार अधिकारी , नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका केशबबहादुर केसी, उद्योग वाणिज्य संघका पादाधिकारीहरु, बैंकर एसोसियन लगायत सरकोकारवलाहरुको सहभागिता रहेको थियो ।
नेपाल सरकारले नेपाल राष्ट्र बैंकको १८ औँ गर्भनरको रुपमा नियुक्त गरेपछि सरोकारवालाहरुको गुनुसो र समस्या पहिचान गर्न गर्भनर पोडेल धनगढी आएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्