हामि संग जोडिनुहोस

समाचार

धनगढी नोभा हस्पिटलको शौचालयमा कुरुवा मृत भेटिए

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२४
  • सुन्नुहोस् 
348  
Banner

धनगढी।धनगढीको नोभा हस्पिटलमा कुरुवा बसेका एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन् । बुधबार राति २ बजेतिर कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको बताए । उनकाअनुसार राति २ बजेतिर राना शौचालय गएका थिए ।

धेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको डीएसपी बोहराले बताए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार