समाचार
पूर्वमन्त्री देउवा र भारतकाे उत्तराखण्डका मुख्यमन्त्री धामीबिच भेटवार्ता, दुई देशकाे धार्मीक पर्यटन विकासमा जाेड
धनगढी । सुदूरपश्चिम प्रदेशका पुर्व भौतिक पुर्बाधार बिकास मन्त्री प्रकाश देउवाले भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई नेपालको सिमा क्षेत्रका दुई प्रदेश बिचको धार्मीक पर्यटन बिकास गर्न सहकार्यको प्रस्ताव गरेका छन् ।
उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री धामीसंग भारतको उत्तराखण्डमा भएको भेटघाटका क्रममा सुदूूरपश्चिम प्रदेश सांसद समेत रहेका पूूर्वमन्त्री देउवाले पर्यटन विकासका लागि दुुई प्रदेशबीच सहकार्य गरेर जानुपर्ने प्रस्ताव गरेका हुन् । मुख्यमन्त्री धामी उत्तरायणी मेलाको कार्यक्रममा खटिमा आएका समयमा भाजपा युवा मोर्चा उत्तराखण्डका मन्त्री शभम् चन्दको आग्रहमा देउवा र मुख्यमन्त्री धामी बीच भेटघाट भएको थियो ।
पुर्वमन्त्री देउवाले उत्तराखण्डका मुख्यमन्त्री धामीलाई सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि समेत निम्तो दिएका छन् । भ्रमण कार्यतालिका तय गरेर सुुदूरपश्चिमका पर्यटकीय स्थलको भ्रमणमा आउन समेत पूूर्वमन्त्री देउवाले मुख्यमन्त्री धामीलाई आग्रह गरेका छन् ।
सुदूरपश्चिम र उत्तराखण्ड प्रदेश बीच कला, संस्कृति, भौगोलीकता र रहनसहन भोषभुषजस्ता विषय समान रहेकोले पनि स्थानीय स्तरमै सहकार्य तथा सुमधुर सम्बन्ध सम्बन्ध राखेर जान देउवाले मुख्यमन्त्री धामीलाई आग्रह गरेको बताए ।
नेपाल र भारत बिच केन्द्रीय स्तरमा सम्बन्ध भएसंगै दुई देशीय स्थानिय छिमेकी प्रदेश बिच पनि सम्बन्ध मजबुत बनाउने कुरामा दुबै नेता बिच समझदारी भएको थियो ।
भेटका क्रममा उत्तराखण्डका मुख्यमन्त्री धामीले सुदूरपश्चिम प्रदेशका बारेमा आफु जानकार रहेको बताउदै सम्बन्ध जोड्न ईच्छा रहेको बताएका थिए । सीमावर्ती भारतीय क्षेत्रका पर्यटकलाई भित्र्याउन सके सुदूरपश्चिमको पर्यटन विकासमा ठूलो टेवा पुुग्ने देखिन्छ ।
सुदूरपश्चिममा पर्याप्त धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सौन्दर्य बोकेका पर्यटकीय स्थल भए पनि अपेक्षाअनुसार पर्यटन विकास हुन सकेको छैन ।
पर्यटन विकासका लागि प्रदेश तहमा सहकार्यको प्रयास गरिएको देउवाले बताए । मुख्यमन्त्री धामीले आफू नेपाल र खासगरी सुदूरपश्चिमबारे जानकार रहेको बताएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्