हामि संग जोडिनुहोस

समाचार

भारतकाे पलियामा नेपाली पत्रकारलाई सम्मान

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-९-२६
  • सुन्नुहोस् 
183  
Banner

धनगढी ।भारतको पलियामा नेपाली पत्रकारहरूलाई स्वागत तथा सम्मान गरिएको छ । लखिमपुर जिल्लाका पत्रकार तथा ब्यापारी एवं समाजसेवीले नेपाल पत्रकार महासघं कैलालीको नव निर्वाचित कार्यसमितिलाई सम्मान तथा स्वागत गरेको हो । भारत पलियाका वरिष्ठ पत्रकार जय कुमार गुप्ता, समाजसेवी तथा भारतीय जनता पार्टीका नेता रबी गुप्ता लगायतले पत्रकार महासघंको नव निर्वाचित टिमले सम्मान तथा स्वागत गरेको हो ।

पलियामा एक कार्यक्रमको आयोजना गरी माला, दोसल्ला तथा मायाको चिनो सहित नेपाली पत्रकारहरुलाई स्वागत तथा सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै पलियाका वरिष्ठ पत्रकार जय कुमार गुप्ताले त्रेता युग देखीको नेपाल भारत सम्बन्ध रहेकाले पत्रकारिता क्षेत्रबाट यसलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए । नेपाल भारत रोटी बेटीको सम्बन्ध भएका कारण सञ्चार माध्यमले यो सम्बन्ध मजबुत बनाउन भूमिका खेल्नुपर्ने उनको भनाई छ । उनले भारतीय पर्यटकहरूलाई नेपाल आवागमनमा सहज बनाउन पहल गर्नुपर्ने बताए । भन्सारमा सहज वातावरण बनाए नेपालमा भारतीय पर्यटकहरू धेरे बढ्ने उनले बताए ।

भारतीय जनता पार्टीका नेता एवं पलियाका समाजसेवी रबी गुप्ताले भारत र नेपालका सञ्चारकर्मीको सम्बन्ध बढाउन यो कार्यक्रम आयोजना गरिएको बताए । थुप्रै परिवर्तन देखी विकासका क्षेत्रमा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहेका कारण नेपाल तथा भारतका नाकामा पनि सहज बनाउन सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने उनको भनाई छ । नाकामा प्रहरीबाट समस्या आउँछ, गाडी भन्सार वारी राख्नुपर्छ उनले भने “नाकामा सहज बनाइदिए भारतका पर्यटक गोदावरी, चिसापानी, महेन्द्रनगर तथा सुदूरपश्चिमका पहाडी जिल्लामा समेत जाने थिए, तर भन्सार र प्रशासनिक समस्याले पर्यटक बढेका छैनन्, पहिलाको तुलनामा धेरै सहज भए पनि पूर्ण रूपमा सहज भएको छैन, यो सहजताका लागी पनि सञ्चार माध्यमले भूमिका खेल्नुपर्छ ।”

गुप्ताले नेपाल र भारतीय सीमामा आउने समस्यालाई सञ्चार माध्यमले सहजै समस्या समाधान गर्ने खालको भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासघं कैलालीका अध्यक्ष श्रवण देउवाले यस कार्यक्रमबाट नेपाल र भारतका पत्रकारहरूबिच परिचय गर्ने अवसर मिलेको बताए । दुवै देशका सञ्चारकर्मीले आ आफ्नो भूमिका निर्वाह गर्नुका साथै सीमा क्षेत्रमा आउने समस्या हल गर्न समेत भूमिका खेल्नुपर्ने उनको भनाई थियो । यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै देउवाले सुदूरपश्चिममा घुम्ने थुप्रै ठाउँ भएका कारण परिवार सहित सुदूरपश्चिम आउन भारतीय पर्यटकहरूलाई आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासघं कैलालीको कार्यसमिति, महासघं सुदूरपश्चिम प्रदेश समिति सदस्य कृतबहादुर बिष्ट, प्रेस युनियन कैलाली अध्यक्ष सिताराम ओझा, रमा चन्द लगायत पत्रकार सहभागी थिए । भारतका तर्फबाट पत्रकार तथा विभिन्न समाजसेवी सहभागी थिए । कार्यक्रम अयाेजनाकाे लागि भारतिय पत्रकार शिशिर शुक्लाले  सहजिकरण गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्