समाचार
कांग्रेसले व्यापक विकास गरेपनि प्रचार गर्न सकेन्

धनगढी । नेपाली कांग्रेसले जनताको जीवन स्तरमा प्रभाब पर्ने तरिकाले व्यापक विकास गरेपनि प्रचार गर्न नसकेको नेताहरुले गुनासो व्याक्त गरेका छन् । नेपाली कांग्रेसले देश व्यापीरुपमा संचालन गरेको सय दिने अभियानका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१५मा आयोजित कार्यक्रममा कांग्रेस नेताहरुले यस्तो गुनासो व्याक्त गरेका हुन् । नेपाली कांग्रेस महासमिति सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाश देउवाले कांग्रेसले हरेक समुदायमा विकासको गति तिब्ररुपमा अगाडी बढाएपनि प्रचारको अभावमा ओझेलमा परेको बताए । उनले भने, “हामीले विकास गरेका छौ, तर प्रचार भएन् , हामी सबैले गरेको वास्तबिक बिकासको प्रचार गर्नुपर्छ । ” हामी निरन्तर विकासको अभियानमा छौ , जनताका समस्याको पहिचान गर्दै सामाधानको पहल थालेका छौ, अफु मन्त्री हुँदा कैलाली–५ मा ब्यापक बजेट बिनियोजन गरेको स्मरण गराउदैँ आगामी दिनमा समेत थप पहल गर्ने पूर्वमन्त्री देउवाको भनाई छ ।
यस्तै कैलाली क्षेत्र नम्बर –५ का संघिय सांसद डिल्लीराज पन्तले आफु यस क्षेत्रको विकासमा क्रियाशिल रहेको बताए । उनले कैलाली –५ मा कांग्रेसले जितेका वडाहरुले विकासको गति लिएको समेत बताए । यस्तै नेपाली कांग्रेस कैलालीका सह- सचिव रामसमझ राना, क्षेत्रीय सभापति भिम पडाल, नगर सभापति यज्ञराज उपाध्याय , वडा नम्बर-१५ का अभियानका प्रतिनिधि बाधुराम चौधरी लगायलका नेताहरुले कैलाली –५मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गरेको विकासको चर्चा गरेका थिएँ ।
तपाइको प्रतिक्रिया दिनुहोस्